प्रदेश 2

हरेक व्यक्तिको उद्देश्य खुशी र सुखी जीवन बिताउने चाहना

स्वीकृति पोख्रेल/ गुणस्तरीय जीबन भनेको व्यक्ति वा व्यक्तिहरुको अनुभुित गर्ने शरीरिक, मानसिक, तथा सामाजिक सम्पन्ताको संयुक्त मापन हो । जिबनले अनुभब गरिने खुशी, संतुष्टी र प्रप्ति स्वास्थ्य, बिबाह, परिवारीक कार्य, आर्थिक अवस्था, शैक्षिक अवस्थाहरु व्यक्तिगत प्रतिष्ठा सिर्जनात्मकता, संलग्नता तथा विश्बाससंग सम्वन्ध राख्छ । गुणस्तरीय जीवनमा एक व्यक्तिले आफ्नो जीवनमा आवश्यक पर्ने आधारभूत तथा भौतिक आवश्यक वस्तुहरु जस्तैः खाद्यान्न, पोषण, आवास, लत्ता–कपडा, स्वच्छ हावा, पानी, वातावरण आदी आवश्यक पर्छ । स्वास्थ्य शिक्षा, रोजगारी, मनोरञ्जन, यातायात, सुरक्षा, आदी मानव जीबनमा नभइ नहुने बस्तु हुन् ।

खुशी, कुनै पनि परिवार र परिवारका सदस्यहरुको स्मस्टीगत स्तरमा वृद्धी गरी खुशी र आनन्दमय जीवनयापन गर्नु भन्ने बुझिन्छ । हरेक व्यक्तिको उद्देश्य खुशी र सुखी जीवन यापन गर्नुपर्छ भन्ने चाहना हुन्छ । त्यसैले धनी, गरिब, बुढाबुढी, केटाकेटी, पुरुष, महिला विकसीत तथा अविकसीत मुलुकका व्यक्ति जीवनको स्थतिमा सुधार गरी सुखमय जीवन बिताउन चाहान्छन् । समाजमा मानिसहरु शिक्षित, विवेकशिल बन्नका लागि स्वास्थ्य, आवास, खाद्यान्न, वातावरणीय अवस्था, सामाजीक, परम्परा, रितीरीबाज बिश्वास मुल्यमान्यता, परम्परा, आदीमा निर्भर रहन्छन् । समाजमा बिभिन्न प्रकारका जातीय असमानता लैङगीक स्तरीकरण , अन्धबिश्वास, मूल्यमान्यता, परम्परा आदीले हाम्रो जनजीवनलाई प्रभावित पारेको छ । यो सबै सम्सयाहरुको समाधान गर्ने सफल माध्यम शिक्षा र संस्कार नै हो । यसको प्रप्तीले मानिस सही निर्णयमा पुग्न सक्षम बन्दछ ।

गुणस्तरीय जीवन निर्बाहको लागि सबैभन्दा महत्वपूर्ण माध्यम शिक्षा नै हो र शिक्षालाई मानिसको तेस्रो आँखा पनि भनिने गरिन्छ । समाजमा शिक्षा मानबको लागि गुणस्तर जीवनका एउटा आधार पनि मानिन्छ । शिक्षा, बालबालीका, महिला, पुरुष, वृद्धाहरुको लागि पनि सही निर्णय गर्ने क्षमताको बिकास हुन्छ । जसको फल स्वरुप उपयुक्त आकारको परिवारको निर्माण गर्ने क्षमताको विकास ।हुन्छ । जसले गर्दा परिवारको आकार सानो भई गुणस्तरीय जीवन यापन गर्न मद्दत गर्नुको साथै आयआर्जनमा महिलाको सहभागीता खुशी समृद्घी घरपरिवारको निर्माण हुने सम्भाबना रहन्छन् । गुणस्तर जीवनलाइ प्रभाबित पार्ने विभिन्न तत्व छन् । ती तत्वहरुको व्यवस्थापन गर्न सक्नुपर्दछ । जुन पनि राष्ट्रले आफ्नो मुलुकमा मानिसहरुको चाहना सानो परीवारको नीर्माण गरी, खुशी र सुखी जीवन यापन गर्नु भन्ने हुन्छ । समाजमा सानो परीबारको निर्माण भएमा गुणस्तरीय जीबनको बिकास हुन्छ भन्ने मान्यता छ तर गुणस्तरीय जीवनका लागि ठुलो आकारको परीवारको पनि आवश्यक छ । ठुलो परिवारमा मानिसहरु धेरै भएका कारण बालबालीकाको हेर विचार राम्रो हुन जान्छ । र बुबाआमाले लामो समय सम्म बेरोजगार भएर बस्नु पर्दैन ।
ठुलो परिवारमा सबैजना आर्थिकोपार्जनमा लाग्ने हुनाले पनि आर्थिक स्थिती सबल बन्न गई जीवनस्तर माथी पुग्न सक्ने सम्भाबना रहन्छ । ठुलो परिवारमा सामाजीक सुरक्षाको अनुभुती हुने हुँदा परिवारका सबै सदस्यहरु आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न समर्थ बन्दछ । परिवारको आर्थिक समृद्धी बढ्दछ र परिवारको जीवनस्तर पनि उच्च बन्न सक्दछ समाजमा घुलमिल हुने सहयोगी भावनाको विकास हुन्छ ।

गुणस्तरीय जीवनमा ठुलो आकारको परिवारको बेफाइदा पनि छ । परिवारमा हुने सम्पतिलाई धेरै बांँडफाड गर्नुपर्ने हुन्छ । जसले गर्दा परीवारको आर्थिक स्थीती न्युन हुन्छ । परिवारको संख्या धेरै भएपछी आवश्यक वस्तु पनि धेरै चाहिने गर्दछ । आर्थिक अवस्था कमजोर भएको ठाँउमा त्यो असम्भव छ । बालबालीकाको इच्छा अनुसारका लत्ता कपडा, शिक्षा, उपचार, आवश्यक पौष्टीक तत्वहरु पुर्याउन धौधौ परिरहेको हुन्छ । कुनै कार्य गर्दा घरका सदस्य सबैको निर्णय लिनुपर्ने हुदा कामको प्रकृया ढिलो हुन जान्छ । एक अर्कामा संका भई मनमुटाब द्वन्द्व र दोषको भाबना विकास हुन्छ । ठुलो परिवारमा अन्धविश्वास, परम्परागत धारणा तथा मुल्य मान्यता हुने भएकाले सुख सुविधाका अवसर तथा साधनहरुको प्रयोगबाट वञ्चित हूनु पर्ने हुन्छ । भने त्यसैगरी गुणस्तरीय जीवनमा सानो परिबारबाट फइदा र बेफाइदा दुवै हुने गर्दछ । सानो आकारको परीवारमा सदस्य संख्या थोरै भएका कारण सबै सदस्यलाइ पोषणयुक्त खाद्यान्न, मौसम अनूकुलका लत्ताकपडा र उपयुक्त आवासको व्यवस्था मिलाउन सजिलो पर्दछ ।

परिवारको सदस्यहरुलाई शारिरीक, मानसिक तथा सामाजीक विकासका लागि गुणस्तर शिक्षा, स्वास्थ्य, मनोरञ्जन, लगायतका सुविधाहरु सरल तरीकाले उपलबध गराउन सकिन्छ । सानो परिवारमा छोरा छोरी र वुवा आमा मात्र भएका कारण सबै प्रकारका भाबनाहरु आदान प्रदान गर्ने हुदा झै–झगडाको अवस्था सिर्जना हुने सम्भाबना रहदैन । आफ्नो सन्तानको हरेक इच्छा, चाहाना, भाबनाहरु सहज ढङ्गबाट पुर्ति गर्न सकिन्छ । सानो परीवार संख्याले वातावरण प्रदुशण हुदैन । मानब जीबनलाई सुखी र सन्तुष्ट राख्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दछ भने सानो परिवारले वेफाइदा पनि गर्छ । उद्योग तथा कृषि पेशा सञ्चालन गर्न मानव शक्ति कम हुनाले काम गर्न असहज हुने गर्दछ । सामाजीक मुल्यमान्यता र आदर सम्मानको भाबनाको कमी हुन्छ । जसले गर्दा समाजमा सहीष्णुता मात्र नभई छाडा प्रबृतीको विकास हुन जान्छ । सानो परिवारमा जन्मिएको शिशुको स्याहार सुसार गर्न आवश्यक जनशक्ति कम हुन्छ । जसले बालबालीकाको व्यक्तित्व विकास प्रकृयामा प्रत्यक्ष प्रभाव पार्दछ । कामको व्यस्तताले मनोरञ्जनको अनुभुती गर्न पाइदैन । परमपरागत धर्म, संस्कृती, पुर्खाहरुको दुःख, कष्ट पहिलेको चाल चलनहरु आदीको जानकारी पाउन सकिदैन ।
(पोख्रेल ट्रेनी हुन् ।)