पु.समाचार

सेती प्रादेशिक अस्पतालले भर्ना नलिएपछि ५ जना कोरोना संक्रमीत मन्दिरको हलमा

२१ जेठ काठमाडौं । अस्पतालले भर्ना लिन नमानेपछि संक्रमीतलाई मन्दिरको हलमा राखिएको छ । सेति प्रादेशिक अस्पतालले कैलालिको गौंरिगंगा नगरपालीकाका ५ जना कोरोना संक्रमीतलाई भर्ना लिन नमानेपछि मन्दिरमा राखिएको बताईएको छ ।

अस्पतालमा आईसोलेसन वार्डको अभाव रहेको भन्दै अस्पतालले मंगलबार राति अस्पताल पुर्याईएका ५ जनालाई भर्ना नलिई फिर्ता गरिदिएको गौरिगंगा नगरपालीकाका प्रमुख  भिम देउवाले बताएका छन् ।

गौरिगंगाको कालिका माविको क्वारेन्टाईनमा १९,२०,२४, २८ र ३२ वर्षका ५ जना पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

संक्रमीत ५ जना मध्य २ को स्वास्थ्य अवस्थामा समस्या देखिएको र अन्यको अवस्था सामान्य रहेको बताईएको छ । संक्रमीतलाई अस्पतालले फिर्ता गरेपछि स्थानीय तहले नै क्वारेन्टईन निमार्ण गरी राख्ने तयारी गरेका छन् ।