पु.समाचार

नेकपा विवादः फेरी गरियो असार २४ गतेसम्म स्थायी कमिटी बैठक स्थगीत

२२ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक फेरी पनि स्थगीत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज बस्ने भनिएको बैठक आगामी असार २४ गतेसम्मका लागि स्थगीत भएको छ । पछिल्लो समय नेकपामा आन्तरिक बिबाद चर्किँदै गएपछि नेकपाका शिर्ष नेताहरु आन्तरकि छलफलमा व्यस्त छन् ।

यस्तै आईतबार दुई अध्यक्षबिच छलफल भएपनि कुनै सहमती जुट्न नसकेपछि आज स्थायी कमिटी वैठक अघि दुई अध्यक्षबिच फेरी छलफल हुने सहमती भएको थियो ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आन्तरिक छलफलमै जुटेकाले आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठक स्थगीत गरिएको बताईएको छ । यस अघि शनिबार बस्ने भनिएको बैठक सोमबार बस्ने भन्दै स्थगीत भएको थियो ।

यस्तै पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् ।