प्रदेश 1

कोरोना संक्रमणका कारण धरानमा अर्की एक महिलाको मृत्यु

३ भदौ, काठमाडौं । कोरोना भाईरस कोभिड-१९ का कारण नेपालमा फेरी अर्की एक महिलाको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि भएको हो । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरे । उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो । उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आएको थियो ।

साथै उनी लामो समयदेखि मुटुको उपचार गर्दै आएको अस्पतालले जनाएको छ । मृतक महिलाको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । आज बिहान मात्रै पाटन अस्पतालमा कोरोनाका कारण एक महिलाको मृत्यु भएको थियो ।