१०, भदौ, विराटनगर । कोरोना भाईरस संक्रमण पुष्टि भएको केहि समयमै विराटनगरमा एक महिलाको ज्यान गएको छ ।
विराटनगर महानगरपालीका ११ बस्दै आएकी ४४ वर्षे महिलाको गएराति ८ बजे मृत्यु भएको पुष्टि भएको छ । स्वास प्रस्वासमा समस्या आएपछि उक्त महिलालाई सोहिदिन बिहान अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर १५ मिल्स एरिया घर भएपनि विराटनगर ११ स्थित माईतबस्दै आएकी उनको मोरङको बुढिगंगा गाउँपालीका २ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचाका क्रममा गएराति मृत्यु भएको हो ।
कोशि अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको रिपोर्ट मृत्युको केहि समयअघिमात्रै आएको थियो । उक्त महिलाको मृत्यु संगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङ्ख्या ११ पुगेको छ ।





