१२ भदौ, काठमाडौं । झापामा फेरी अर्काे एक व्यक्तिको कोरोना संक्रमणक कारण मृत्यु भएको पुष्टि भएको छ । मोरङको बेलबारी ५ कि ५६ वर्षे बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपीकोईराला विज्ञानप्रतिष्ठानमा उपचार गराउँदै आएकी उनको आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिएका छन् ।
उक्त अस्पतालमा उपचाररत अर्का एक बृद्धको पनि आजै मृत्यु भएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संङख्या बढिरहेको छ ।





