प्रदेश 1

धरानको बीपी कोईराला प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

१६ भदौ, वीराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

डा. सापकोटाका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो । मदौ ९ गते कोरोना पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

यससँगै प्रतिष्ठानमा कोरोना भाइरस उपचारका क्रममा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ बाट २३ र प्रदेश २ बाट १० जना रहेका छन् । यो सँगै प्रदेश १ मा हालसम्म कोभिड १९ का कारण ३३ जनाको मृत्यु भएको छ ।