स्वास्थ्य

टिचिङ अस्पताल माहाराजगञ्जमा कोरोनाका कारण दुई जनाको मृत्यु

१७ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंमा दुई जनाको मृत्यु भएको छ । काठमाडौं मैतिदेबीका ७५ वर्षे पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ मृत्यु भएको हो ।

टिचिङ अस्पतालको आईसीयुमा उपचाररत दुई जनाको एकैदिन केहि समयको फरकमा मृत्यु भएको हो । सुगर प्रेसर जस्ता दिर्घरोगि ७५ वर्षे बृद्ध गत १५ गते अस्पताल भर्ना भएक थिए भने बाथरोग र मर्गाैला पिडीत २० वर्षीया महिला १६ गते अस्पताल भर्ना भएकी थिईन ।

अस्पतालका फोकल पर्सन डा सविन थपलियाक अनुसार मृतक महिललोले विगत केहि महिनादेखी डाएलाईसिस गराई रहेकी थिईन ।