२२ भदौ, काठमाडौं । विराटनगरमा एक ७६ वर्षे बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर महानगरपालिका १० का ७६ वर्षे बृद्धको विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उच्च रक्तचापका पीडित बृद्धको आज बिहान ३ बजेर १५ मिनेट जाँदा मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।
गत भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको र सोमबार बिहान मृत्यु भएको उनले जानकारी दिएका छन् ।
होम आईसोलेशनमा बसेका उनमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल ल्याईएको थियो ।





