२३ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक पत्रकारको मृत्यु भएको पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय पत्रकारको सोमबार दिउँसो मृत्यु भएकोमा मृत्यु पश्चात कोरोना पुष्टि भएको हो ।
उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका पीडित ति पत्रकार घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्याएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।
मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।





