पु.समाचार

कोराना संक्रमणका कारण चितवनमा ६४ वर्षीय पुरुषको मृत्यु

२४ भदै, काठमाडौं । चितवनमा थप एक जना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो ।

उनी भदौ १९ गते कोभिड संक्रमणसँगै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल, चितवनको आइसीयूमा भर्ना भएका थिए ।

उनलाई अस्पताल भर्ना हुनुभन्दा दुई दिनअघि (भदौ१७) गते नै कोभिड पोजेटिभ पुष्टि भइसकेको अस्पतालले जानकारी दिएको छ ।

उनको डाइलासिस समेत गरिएको थियो । अस्पतालको कोभिड आइसीयूको भेन्टीलेटरमा राखेर उपचार भइरहेका पुरुषको मंगलवार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।