पु.समाचार

चेम्बर/उद्योग वाणिज्य महासंघ/नगरपालिका फोरमले निषेधाज्ञा खोल भने, स्वास्थ्यले थप भन्यो

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्न आग्रह गरेको छ । उपत्यकामा तिब्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि बिगत तिन हप्तादेखी जारी निषेधाज्ञालाई एकहप्ता थप्नुपर्नेमा जोड दिएको छ ।

यसअघि मंगलबार उपत्यका नगरपालिका फोरमले उपत्यकामा जारी निषेधाज्ञाले आर्थिक अस्वथा निकै खस्किँदै गएको भन्दै नाकामा सेना परिचालन गरी कडाई गर्ने र राजधानिको निषेधाज्ञा खोली जनजिवन सामान्य बनाउनु पर्ने बताएको थियो । यस्तै फोरमले यसअघि जस्तै जोर–बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

भदौ १७ गतेदेखी थप गरेको षिेधाज्ञा आज राति १२ बजेदेखी सकिन लाग्दा स्वास्थ्य मन्त्रालयले भने उपत्यकामा कोरोना संक्रमणको दर नघटेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठले अबको एक साता निषेधाज्ञा लम्ब्याएर महामारी नियन्त्रण गर्न सहज हुने भन्दै निषेधाज्ञालाई निरन्तर दिनुपर्ने सुझाव दिएका छन् ।

यस्तै कतिपय विज्ञहरु निषेधाज्ञालेमात्रै कोरोना नियन्त्रण समाधान नहुने भन्दै विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् ।

नगरपालिका फोरम, उद्योग बाणीज्य महासंघ, चेम्बर अफ कर्मस लगाएत धेरैजसो संघ-संथाले निषेधाज्ञा खोल्न माग रेका छन् भने स्वास्थ्य मन्त्रालयले थप्नुपर्ने भनेको छ । यस्तै उपत्यकाम जारी लकडाउन थप्ने या हटाउने विषयमा निर्णय हुँदै छ । तिन जिल्ला अधिकारीहरुले उक्त कुराको बारेमा जानकारी गराउने छन् ।