पु.समाचार

सामाजिक सञ्जालमा कार्यकर्ताले नेताको बिरोध गर्न नपाईने ओली र दहालको प्रस्ताव

२५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले सामाजिक सञ्जालमा कार्यकर्ताले नेताको बिरोध गर्न नपाईने प्रस्ताव गरेका छन् । यसअघि कार्यकर्ताले नेताको विरोध गर्न कुनै बन्देज नभएकोमा अब भने बन्देज लगाईने भएको हो ।

नेताको गलत कामको विरोध गर्न पार्टीकै कार्याकर्ताले नपाउनाले भन्ने प्रस्तावले नेकपा कति पारदर्शी छ भन्ने नेकपाका विष्णु रिजाल लगाएतका नेताहरुले प्रश्न गर्न थालेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दालहालले बिहिबार स्थायी कमिटि बैठकमा प्रस्तुत गर्न तयार पारेको प्रतिवेदनमा उक्त कुरा समेटिएको छ । पार्टीभित्र जारी विवाद मिलाउन दुई अध्यक्षले तयार पारेको प्रतिवेदन बैठक अगाडी सार्वजनिक हुन नर्पने भएपनि बैठक अगावै सार्वजनिक भएको छ ।

विहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्दै त्यो प्रस्ताव बैठकमा लग्न लागीएको छ ।

पछिल्लो समय सरकारका गलत कार्यको पार्टीभित्रैका कार्यकर्ताबाट बिरोध हुन थालेपछि दुई अध्यक्षले यस्तो प्रस्ताव गरेका छन् ।