पर्यटन/संस्कृति

हिन्दु राष्ट्र निर्माणका लागि बिश्व हिन्दु युवा संघले सुरु गर्यो अभियान

पोखरा असोज २९ । कास्कीको बेगनास तालमा अवस्थित गोरखनाथ मन्दिरका महंन्त योगि बलभद्र नाथको हातबाट प्रासद र टीका ग्रहण गरेर बिश्व हिन्दु युवा संघल हिजोवाट एकसाता लामो हिन्दु जागरण तथा दशै तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरेको छ ।

उक्त कार्यक्रमको सुभारम्भ महन्त योगि बलभद्र नाथ बिश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल, र बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्दै योगि बलभद्र नाथले नेपाललाई हिन्दु राष्ट्रमा रुपान्तरण गर्ने समय आइसकेको भन्दै यसमा कटिबद्ध भएर लाग्न बिश्व हिन्दु युवा संघका अध्यक्षलाई आग्रह गरेका छन् ।

साथै उनले अहिले धर्म र मौलिकताको रक्षा गर्न नसके सिङ्गै देशको अस्तित्व धरापमा पर्ने भन्दै सुझबुझ हिसाबले लाग्न सुझाव समेत दिएका छन् । उक्त सुझाव पछि संघका अध्यक्ष ऋषिकेश जंग शाहले आफू मौलिकता र धर्म बचाउने सबै कुराको त्याग गर्न तयार भएको बताए । उनले आफुले मृगस्थलीबाट हिन्दु धर्म र पुर्विय दर्शनको महत्त्व बारे हरेक हप्ता कार्यक्रम संचालन गर्दै आएको भन्दै उक्त कार्यक्रम गण्डकी प्रदेशमा पनि संचालन गर्नुपर्ने बताए ।

कार्यक्रम बिश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराले बिश्व हिन्दु युवा संघले हिन्दु राष्ट्र पुनस्थापना गर्न गरेको गतिविधिको प्रसंसा गरेका थिए । उक्त कार्यक्रममा बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाह, केन्द्रिय सदस्य मुक्त मल्ल,रेशम केसि,सिरोज बिजय कोइराला,सन्तु ढकाल पौडेल लगायतको उपस्थिति थियो।