२ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण आज बिहानै बर्दिया र सुनसरीमा गरी थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी दिएका छन् ।
उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९०७ पुगेको छ । कोरोना संंक्रमणबाट ६७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५७१ जना उपचाररत छन् । आइसोलेसनमा २०४ जनाको उपचार भइरहेको छ ।
यस्तै कोरोना संक्रमणका कारण सुनसरीमा थप एक जनाको मृत्यु भएको छ । धरानको वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । पहिलेदेखी नैदिर्घरोगि रहेका ईटहरी १ सुनसरीका ७९ वर्षका पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृतक पुरुषको सवको व्यवस्थानको लागी नेपाली सेनाले तयारी थालेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको भयानह अवस्था बन्दै गएको छ । दैनिक जसो संक्रमित हुने र मृत्यु हुनेको संख्या थपिईँदै गएको छ ।





