प्रदेश 1

सुनसरीमा ५ महिने शिशुको कोरोनाले लियो ज्यान

८ कार्तिक, सुनसरी । कोरोना संक्रमणले एक ५ महिने शिशुको ज्यान लिएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएका शिशुमा मस्तिष्कसम्बन्धी समस्या रहेको खुलेको छ । कोरोना संक्रमण पुष्टि भएको दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।