प्रदेश 1

बीपीमा उपचाररत एक ३० वर्षे युवकको कोरोनाका कारण मृत्यु

१८ कार्तिक, सनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५ः४० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा. श्रेष्ठले बताए । ती युवामा कुनै दीर्घ रोग पनि नभएको उनले बताए ।