पु.समाचार

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

२१ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ ।

बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए । विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो ।

विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्या इएको छ । २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन् । बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ । पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो ।

विभाग गठन विधान र परम्परा विपरीत गरिएको र महाधिवेशनको आचार संहिताविपरीत रहेको पौडेल पक्षले बताउँदै आएको छ ।