२७ कात्तिक, काठमाडौंं । बिबादै बिबादमा झेलिएको नेकपा बैठक शुक्रबार ४ बजेका लागि बोलाईएको छ । नेकपा अध्यक्षसमेत रहेका पधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दहालबीचको मनमोटब सतहसम्म आएपछि अध्यक्ष ओलीबिनै बैठक बस्न तयारी गरेका अध्यक्ष दहालसहितको सचिवालयउ सदस्यहरुको लागि महासचिव बिष्णु पौडेलले भोली ४ बजेका लागि बैठक बोलाएका छन् । दुई अध्यक्ष ओली र दहालसँग परामर्ष गरेर बैठक डाकिएको दाबी गरिएको उक्त बैठकले नेकपाको बिबाद झनै बढाउने अनुमान गरिएको छ ।
अध्यक्ष दहाल पक्षले पछिल्लो समय खुलेर प्रधानमन्त्रीको राजीनामा मागेको भएपनि पछिल्ला बिबादहरु मुख्य रुपमा प्रधानमन्त्री पदकै भएको बिश्लेषकहरुले दाबी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ पटक पटक घण्टौं बैठक बसेर प्रधानमन्त्रीलाई सचिवालय बैठक डाक्न सहमती गराउन दबाब दिन लागि परेपनि ओलीले बैठक डाक्दिन भनेका थिए । पछिल्लो बैठकपछि भने अध्यक्ष दहालसहितले बालुवाटार गएर बैठक बोलाउन लिखित रुपमा नै दबाब दिएपछि अध्यक्ष ओली बिलखबन्दमा परेका थिए ।
बुधबारमात्रै प्रधानमन्त्रीले आफू कुनैपनि हालतमा प्रधानमन्त्रीबाट राजीनामा नदिने बताईसकेका बेला शुक्रबरको बैठक पुन सार्ने सम्भावना बलियो रहेको एक नेकपा नेताले सुर्यखबरलाई बताए । उनले नाम नभन्ने शर्तमा प्रधानमन्त्रीका पछिल्ला राजनीतिक गतिबिधि नेकपा बिरोधी भएका र उनले सचिवालय वा कुैपनि बैठक बोलाउन नचाहेको स्पष्ट गरेका छन् । जे होस् महासचिव पौडेलले बैठक बोलाएको कुरा भने सही हो, उनले भने ।





