राजनीति

डा.भट्टराईको कटाक्षः ओलीले छापामार शैलीमा बिदेशीलाई कृषिमा लगानीका लागी खुल्ला गर्नु राष्ट्रघात

१७ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीले छापामार शैलीमा बिदेशीलाई कृषि क्षेत्रमा लगानीका लागी खुल्ला गर्नु राष्ट्रघाती हुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले प्रधानमन्त्री ओलीले छापामार शैलिमा यस्तो निर्णय गरेर देशलाई घात र जनतालाई झुक्याउने काम गरको बताएका छन् ।

उनले छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ त्यो सबै हिसाबले गलत, जनघाती र राष्ट्रघाती भएको डा.भट्टराईको ठहर छ । ओलीको उक्त कार्यले पहिले नै थला परेको कृषि झन् बर्बाद हुने, किसान वेदखल हुने, खाद्यसुरक्षा धरापमा पर्ने र अर्थतन्त्र अरू परनिर्भर हुने बताएका छन् ।

त्यसकारण ओली सरकारको राष्ट्रघात उक्त निर्णयको सबैले प्रतिरोध गर्नुपर्नेमा जोड दिँदै ओलीलाई प्रधानमन्त्रीबाट तत्काल हटाई देशलाई बचाउनु पर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ त्यो सबै हिसाबले गलत,जनघाती,राष्ट्रघाती छ । यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछः किसान वेदखल हुनेछन्ः खाद्यसुरक्षा धरापमा पर्नेछः अर्थतन्त्र अरू परनिर्भर हुनेछ । सबैले प्रतिरोध गरौं ।३ ओलीहटाऊॅ देशबचाऊॅ ।