१७ पुष, काठमाडौं । राजनीतिक रूपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन । तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन् ।
राष्ट्रियसभामा पहिलोपटक प्रवेश गर्नुअघि उनी प्रचण्ड निवास पुगेका हुन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमको आज राष्ट्रियसभा बैठकमा पहिलो दिन हो ।





