राजनीति

टाउकोमा कफन बाँधेर आएका छौं, सडकबाटै राजसंस्था पुनर्स्थापित गरेरै छोड्छौंः अध्यक्ष थापा

१७ पुष, काठमाडौं । राजसंस्थामो माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा बृहत प्रदर्शन गरेको छ । प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद बिघटनले देशमा संबैधनीक जटिलता निम्तीएको भन्दै राप्रपाले अब देश बचाउन सडकबाटै राजसंस्था स्थापीत गर्ने चेतावनी दिएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताएका छन् । अध्यक्ष थापाले थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने पनि बताएका छन् ।

सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर टाउकोमा कफन बाँधेर सडकमा आएकोे बताएका छन् ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको बताउँदै सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गदै नत्र सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने चेतावनी दिएका छन् । पछिल्लो समय राजसंस्था राप्रपाको मात्रै नभएर सिंगो देशका नागरिकको एजेण्डा भएको उनको दाबी छ ।