राजनीति

ओली विदेशीको इशारामा चलेका लम्पसारवादी र कठपुतली हुन्ः जनार्दन शर्मा

१८ पुस, बिराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल-नेपाल समुहका नेता जनार्दन शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका जंगिएका छन् ।

ओलीले संसद विघटन गरेपछि दुई समुहमा बिभाजित भएको नेकपाका दाहाल–नेपाल पक्षका नेता शर्माले ओलीलाई गोमन सर्पसंग तुलना गरेका छन् । नेता शर्माले प्रधानमन्त्री ओली केपी ओली विषालु गोमन सर्प रहेको र कम्युनिस्ट आन्दोलनलाई डसेको टिप्पणी गरेका छन् ।

आज बिराटनगरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओली बिदेशीको ईसारामा चल्ने कठ्पुतली भएको समेत बताएका छन् । नेता शर्माले शर्मा ओली बिेशीको ईशारामा चलेको लम्पसारवादी एवं कठपुतली भएको बताएका हुन् । नेपालमा निरीह प्राणी ओली भएको भन्दै उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् भनेका छन् ।

दुई सुहमा बिभाजीत भएका नेकपाका शिर्ष नेता देखी कार्यकताृहरु यति बेला एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् । भने ओलीले गरेको संसद बिघटनको देशैभरीबाट बिरोध भएको छ ।