१९ पौष, काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको नेतृत्वको सरकारले संसद बिघटन र राष्ट्रपति बिद्यादेवी भण्डारीले सदर गरेको बिषयमा रणनीति बनाउन तथा काँग्रेसको आगामी १४ औं महाधिवेशनको बिषयमा छलफल गर्ने बिषयमा केन्द्रीय कमिटी बैठक केन्द्रीत हुने जनाईएको छ ।
यसअघि काँग्रेसले ओली सरकारको कदमका बिरुद्धमा देशभरका १६५ वटै क्षेत्रमा प्रदर्शन गरिसकेको छ भने सर्बोच्च अदालतमा परेको १३ निबेदनको फैसला कुर्दै भावी रणनीति तय गर्नेगरी पार्टीमा ब्यापक छलफल हुने देखिएको छ। नेकपा दहाल नेपाल पक्षले सरकार बिरुद्धको आन्दोलनको घोषणा गरिसकेको छ भने काँग्रेसले एक्लै आन्दोलनमा उत्रने छाँटकाँट देखाईसकेको छ।





