२६ पौष, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा बिज्ञप्ती जारी गरेका छन् । उनले, ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ, यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’ भनेका छन् ।
नेपाल एकीकरणका निर्माताका रुपमा लिईने पृथ्वी नारायण शाहको पौष २७ गते जन्म जयन्ती मनाउने भन्ने बिगतको सरकारी निर्णय कहिलेकही परिवर्तन गर्ने गरिएके छ । नेकपा, नेपाल्ी काँग्रेसमा पृथ्वी जयन्तीका अवशरमा सरकारी बिदा दिनुपर्छ भन्ने बहस भएपनि राप्रपाले सधैं पृथ्प् जयन्ती औपाचारिक निर्णय गर्दै सधैं मनाउँदै आएको छ । भोली सोमबार पनि राप्रपाले देशभर पृथ्बी जयन्ती मनाउने निर्णय गरिसकेको छ ।
पृथ्वी नारायण शाहको २९९ औं जयन्ती मनाउने बिषयमा पछिल्लो समयमा तीब्र बहस भईरहेको छ । पुर्व राजा शाहले पछिल्लो अवस्थामा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताउँदै भनेका छन्, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’
उनले भनेका छन्, ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् , हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नु परेको छ ।’





