राजनीति

पृथ्वीनारायण शाहलाई अभिनन्दन गर्नुपर्नेमा कांग्रेसका वरिष्ठ नेता पौडेलको जोड

२७ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहलाई अभिनन्दन गर्नुपर्नेमा जोड दिएका छन् ।

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौडेलले आज सामाजिक ट्वीट माफर्त वरिष्ठ नेता पौडेलले आजको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झेर अभिनन्दन गर्नुपर्ने बताएका हुन् ।

साथै उनले शाह संग संगै नेपालमा संविधानवाद र लोकतन्त्रका पहरेदार चार पुर्व प्रधानन्यायाधीशको पनि लोकतान्त्रिक नेपालले अभिनन्दन गर्नु पर्ने पनि बताएका छन् ।

यस्तै पार्टीका सभापती शेरबहदुर देउवले भने दिवस मनाउन नसक्ने बताएका थिए । साथै कांग्रेसका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जाल माफर्त दिवसको शुभकामनाहरु दिईरहेका छन् ।

उनको ट्वीटः आजको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झौँ ! र अभिनन्दन गरौं ! संग संगै नेपालमा संविधानवाद र लोकतन्त्रका पहरेदार चार पुर्व प्रधानन्यायाधीशको पनि लोकतान्त्रिक नेपालले अभिनन्दन गर्नु पर्ने छ ।