२७ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री शंकर भण्डारीले आफ्नो काठमाडौंस्थीत कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्विर राखेका छन् । हिन्दु धर्मको वकालत गर्दै नेपाली काँग्रेसभित्र बैचारिक लडाई लडिरहेका नेता भण्डारीले नेपाली काँग्रेसको तरुण बिभागको काठमाडौंस्थीत कार्यालयमा एकातर्फ नेपाल एकीकरणका महत्वपूर्ण ब्यक्तीत्व पृथ्पीनारायण शाह र अर्कोतिर नेपााली काँग्रेसका सभापति एबम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको तस्विर राखेका छन् ।
मुलुक गणतन्त्रमा गईसकेका बेला राजसंस्थाको बिषयमा बहस भएपनि पृथ्वीनारायण शाह र हिन्दूको बिषयको बहस भने नेपाली राजनीतिमा बजबुत रुपमा छलफलमा रहेका बेला नेता भण्डारीले शाहको तस्विर नै आफ्नो कार्यालयमा राखेका छन् । भण्डारी काँग्रेसको तरुण बिभागका संयोजक हुन् । नेपाली काँग्रेसले पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवशरमा औपचारिक कार्यक्रम नगरेपनि उनको बिषयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, पुर्वबहादुर खड्कालगायतले बक्तब्य निकनलेर नै सम्झेका छन् । आज पौष २७ गते पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती हो ।





