२ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँदै छन् । भारतीय बिदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा बिहिबार भारतको नयाँ दिल्ली गएका ज्ञवाली आजदेखी बिभिन्न भेटवार्ता तथा कार्यक्रममा ब्यस्त हुने छन् ।
परराष्ट्रमत्री ज्ञवाली र बिदेशमन्त्री जयसंकरबीच बिहान ११ बजे भेटवार्ताको तालिका भारतको बिदेश मन्त्रालयले सार्वजनीक गरेको छ । ज्ञवाली र जयशंकरबीच आधा घण्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्ने भएको छ ।
बैठकमा व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने कार्यसूची दुई दिनअघि नै सार्वजनिक भएको छ ।
भारतीय पक्षले बिहीबार सार्वजनिक गरेको बैठकका कार्यसूचीमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । तर सीमा विवादको विषय के हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।
यस्तै बैठकमा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महत्ववपूर्ण सहमति हुने अपेक्षा नेपाली पक्षको छ ।




