२० माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहआज निवार्चन आयोग जाँदैछ । आफ्नो समुहको आधिकारीकता दाबी गर्दै उक्त समुह आयोग जान लागेको हो ।
सोमबार बसेको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहले आफ्नो समुहको आधिकारिकता दाबी गदै निवार्चन आयोग जाने निर्णय गरेको थियो सोहि निर्णय अनुसार उक्त समुह आयोग जाने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि नेकपा दुई खेमामा बिभिजित भएको हो । एउटा समुहको नेतृत्व स्वयंम ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व दाहाल-नेपालले गरेका छन् भने दुबै समुहले आफ्नो समुहलाई आधिकारिकता दाबी गर्दै आएका छन् ।
दाहाल नेपाल समुह आधिकारिकता दाबी गर्न आज मध्यान्हमा आयोग जाने उक्त समुहका नेता लिलामणी पोख्रेलले जानकारी दिएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको दाहाल-नेपाल समूहले गरेको छ ।
बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै दाहाल-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।





