२९ माघ, काठमाडौं । राष्ट्रपति प्रति कटाक्ष गरेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । नेकपा दाहाल–समुहकी नेतृ झाँक्राीलाई सोधपुछका लागी भन्दै प्रहरीले बोलाएको हो ।
तर झँक्राीले भने आँफु जान अस्वीकार गरेकी छिन् । नेतृ झाँक्राले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति बारे गरेको टिप्पणीलाई लिएर ओली सम्बद्ध अनेमसिंघले पक्राउ गर्न माग गरेको थियो ।





