पु.समाचार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि समर्थकले लगाए प्रहरी बिरुद्ध नारावाजी

२९ माघ, काठमाडौं । नेकपा दाहालनेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीको समर्थनमा बिरोध तथा प्रदर्शन भएको छ ।   पक्राउ गर्न भन्दै आज बिहान महानगरिय प्रहरी अपराध महाशाखाको टोली संखमुलस्थित उनको निवास पुगपछि उनको सर्मथनमा नारा जुलुस भएको हो ।

प्रहरीले सोधपुछका लागी भन्दै आज बिहान बोलाएको थियो तर झाँक्रीले अस्वीकार गरेपछि सादा पोषकमा प्रहरी नेतृ झाँक्री निवास पुगेको हो ।  राष्ट्रपति बिद्यादेबी भण्डारीप्रति दिएको अभिव्यक्तिलाई लिएर अनुसन्धान गर्न भन्दै महानगरिए अपराध महाशाखाले आज बिहान झाँक्रीलाई बोलाएको थियो ।

केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओली समुह निकट महिला नेतृहरुले झाँक्रीलाई पक्राउ गर्न भन्दै गृहमन्त्रालयमा निवेदनलाई प्रहरीले मुख्य आधार बनाएको छ ।

तर उनलाई उक्राउ गर्न खोजेपछि उनका समर्थकले प्रधानमन्त्री ओलीको चर्काे बिरोध गर्नुका साथै प्रहरीलाई घरभित्र छिर्न दिएका छैनन् । यस्तै नेतृ झाँक्राीले पक्राउ पुर्जि लिएर आउन प्रहरीलाई आग्रह गरेकी छिन् ।

यस्तै  रामकुमारी झाँक्रीलाई पक्राउ गर्न कार्यकर्ताले अवरोध गरेपछि प्रहरीको संख्या बढाइएको छ । झाँक्रीको घरबाहिर प्रहरी पुगेपछि उनका समर्थक आएर सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । घरबाहिर धकेलाधकेल हुँदा १ जना घाइते भएका छन् ।