७ फागुन, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेका थिए ।





