पु.समाचार

सर्बाेच्चको फैसला आएको भोलीपल्टै प्रधानमन्त्री ओलीले बोलाए स्थायी समितिको बैठक

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएका हुन् ।

आज विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिएका छन् ।

बडालका अनुसार उपलब्ध सदस्यहरुलाई बालुवाटार बोलाइएको हो। तर औपचारिक नभएको बडालको दाबी छ। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई खेमामा छ । हिजो सर्वोच्च अदालतले विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली अहिले नैतिक संकटमा रहेका छन् ।