१३ फागुन, काठमाडौं । नेकपाको ओली समुहले आज बोलाएको स्थायी कमिटी बैठक स्थगीत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले गृहकार्य नपुगेको भन्दै आजको बैठक स्थगीत भएको जानकारी दिएका हुन् । बैठक आज बिहान ८ बस्ने तय भएको थियो ।
हिँजो बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
हिजोको बैठकपछि नेताहरुले आज पनि बैठक बस्ने जानकारी दिएका थिए ।





