१४ फागुन, काठमाडौं । आज साँझ ५ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागी बैठक बोलाउने भएको श्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा प्रतिनिधिसभा बैठक आह्वानका लागी राष्ट्रपति बिद्यादेबी भण्डारीलाई सिरफारीस गर्ने सम्भावना रहेको श्रोतको दाबी छ ।
यस्तै गत फागुन ११ गते सर्बाेच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
प्रधानमन्त्री ओलीको सरकारी निवास वालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो ।





