२० फागुन, काठमाडौं । अब क्याम्पसको परिक्षामा चिट चोर्नेलाइ त्रिभुवन बिश्वबिद्यालयले निद हराम गरिदिएको छ ।
त्रिभुवन बिश्वबिद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन गरिने वार्षिक परिक्षा केन्द्रहरुलाई चैत्र २० गतेभित्र परिक्षा संचालन कक्ष, उत्तर पुस्तिका शिलबन्दी गर्ने कक्ष पूवेश द्वारको सम्पुर्ण दृस्य आउने गरि कम्तीमा एक महिनासम्म सिसि क्यामेरा जडा गर्ने भएको छ ।
परिक्षा सञ्चालनहुने प्रत्यक कोठामा सिसि क्यामेरा जडान गरी निरिक्षण गर्नुपर्ने छ । साथै उक्त ब्यवस्था बमोजिम परिक्षा सञ्चालन नगर्ने परिक्षा केन्द्रलाई आागामी परिक्षाको लागी परिक्षा केन्द्रबाट बञ्चिल गरिने समेत जनाएको छ ।






