पु.समाचार

प्रतिनिधि सभाको बैठक आज बस्नेः अध्यादेश पेश गर्ने कार्यसूची

२६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो ।