पु.समाचार

लोक सेवा आयोगद्वारा भारि संख्यामा कर्मचारी माग (सुचिसहित)

२६ फागुन। काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ ।

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।