२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको पत्र संसद सचिवालयमा पुगेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार यी दुई पार्टी अलग भएको पत्र निर्वाचआयोगबाट संसदमा पुगेको हो ।
सर्बाेच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले ऐमाले र माओवाद्यी केन्द्र अलग-अलग भएको निर्णय गरेको थियो ।
यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरेसंगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन् ।
यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण संसद बैठकका दुबै पार्टीका सांसदहरु सत्तापक्षकै लहरमा बसेका छन् ।





