२७ फागुन, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुर निवासी १५ बर्षिय विजय ढुंगेलले भक्तपुर जिल्लाव्यापी वक्तृत्वकलामा प्रथम सफल भएका छन् ।
प्याप्सन भक्तपुरले आयोजना गरेको ‘कोभिड-१९ले जन्माएका अवसर र चुनौती’ विषय वक्तृत्वकलामा ढुंगेल प्रथम हुन सफल भएका हुन् ।
भक्तपुरको शकंर नेसनल स्कुलमा कक्षा १० मा अध्ययनर ढुंगेलले ३१ जना सहभागिलाई पछि पार्दै प्रथम भएका छन् ।
वक्तृत्वकलामा चासो राख्छन् । उनले केही समय अघि जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीसँग अन्र्तवार्ता समेत गरेका थिए ।





