पु.समाचार

प्रतिनिधिसभा बैठक आज बस्नेः तर विजनेश दिएको छैन

३ चैत्र, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनःस्थापति संसदको तेस्रो बैठक आज बस्न लागेको हो ।

यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएका थिए । आजको बैठकमा सरकारले अध्यादेश पेश गर्ने विजनेश दिएको छैन ।

आज तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने र सभामुख उपस्थित नभएको समय सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।