समाचार

दुई महिनादेखि बन्द भीमफेदी-कुलेखानी-काठमाडौँ सडक आजदेखी सञ्चालनमा

मकवानपुर, १० चैत । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी-कुलेखानी-काठमाडौँ सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी-कुलेखानी-हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ ।

ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिएका छन् ।