वीरेन्द्रनगर, २७ चैत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल-९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो ।
आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिएका छन् । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।
“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्”, वडाध्यक्ष कार्कीले भने, “प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ ।
” सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।





