समाचार

समालोचक माली रहेनन्

काठमाडौँ । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भयो । लामो समयदेखि मुटु रोगबाट पीडित माली ७९ वर्षको थिए ।

नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य माली सोही संस्थाका सदस्य सचिव पनि थिए । माली नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता थिए ।
नेपाली भाषामा पनि कलम चलाएका मालीका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् ।मालीका श्रीमती, एक छोरा र दुई छोरी छन् । मालीको आजै अन्त्येष्टि गरिँदैछ ।