४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बालिबालिकालाई केन्द्र र सातवटै प्रदेशका अस्पतालहरुमा विषेश वार्डरआइसीयू लगायतको तयारी गर्न माग गरेका छन् । सभापति देउवाले ट्वीट गर्दै कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेको भन्दै त्यसको लागि तयारी गर्न सभापति देउवाले भनेका हुन् ।
सभापति देउवाले १२ वर्ष माथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोधसमेत गरेका छन् ।
सभापति देउवाको अनुरोधः कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले ३वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्डरआइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।





