१३ जेठ, काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको ठाडो उलंघन गरेको बताएका छन् । प्रेश यूनियनको स्थापना दिवशको अवशरमा आयोजीत भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका लागि संबिधानको धारा ७६ को ५ अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले आह्वान गरेबमोजीम आफूले दाबी गरेर १४९ साँसदको हस्ताक्षर पुर्याए पनि राष्ट्रपतिले आफूलाइ प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपति भण्डारीले संबिधानको ठाडो उलंघन गरेको बताएका छन् ।
सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिको मनपरीतन्त्र रोक्न आफूहरु अदालत गएको दाबी गर्दै स्वतन्त्र न्यायपालीकाले रोक्नेमा काँग्रेस बिश्वस्त रहेको बताए । सभापति देउवाले नेपाली काँग्रेसको माहाधिवेशन गर्न भदौमा नै तयार रहेको भन्दै त्यसका लागि छलफल भईरहेको बताए ।
प्रधानमन्त्रीमा बहुमत कसैको पनि पुग्न नसकेको भन्ने कुराको सभापति देउवाले लाईन लगाएर साासदहरु गनेर बहुमतप्राप्तलाई प्रधानमन्त्री नियुक्त गरे आफूलाई मान्य हुने बताए । प्रधानमन्त्रीबाट पटक पटक असंबैधानिक गतिबिधि भएपनि यसपटक राष्ट्रपति भण्डारीबाट पनि गलत र लोकतन्त्रबिरोधी कार्य भएको बताए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मनपरीतन्त्र रोक्न सर्बोच्च अदालतको भूमिका महत्वपूर्ण भएको सभापति देउवाको दाबी छ ।
उनले अहिले लोकतन्त्र खतरामा पर्ने भन्दा ब्यवस्थामाथी नै खतरा उत्पन्न हुनेगरी राष्ट्रपति र प्रधानमन्त्रीले कदम चालेको बताए ।





