३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले क्रियाशील सदस्यता बिबाद अन्त्यका लागि सामूहीक निर्णय जरुरी भएको बताएका छन् । उनले नेपाली काँग्रृस जिल्ला सभापतिहरुले आयोजना गरेको एक जुम बैठकमा बोल्दै नेपाली काँग्रेसका लागि सबैभन्दा महत्वपूर्ण कार्य भनेको अधिवेशन भएको बताएका छन् ।
डा कोईरालाले निर्बाचन हुन्छ या हुँदैन फरक कुरा भएपनि काँग्रेसका लागि महत्वपूर्ण कुरा भनेको महाधिवेशन नै भएको बताएका छन् । उनले नेतृत्वलाई पहिले नै भदौभित्र अधिवेशन नभए काँग्रेसको बैधानिकता सकिने भन्ने थाहा भएपनि किन चुप लागेर बसेको भन्दै प्रश्न गरेका थिए ।
उनले आफु केन्द्रीय सदस्यमात्र भएकाले पार्टीका गतिबिधिका बारेमा राम्रो जानकारी नभएको भन्दै पार्टीको अधिवेशन निश्चित रुपमा हुने हो कि होईन भनेर हुने नै भए पार्टीका सबै तह तप्काका नेता कार्यकर्तालाई निर्देशन दिनुपर्ने बताएका छन् । काँग्रेसको १४ औं माहाधिवेशनमा सभापतिका उम्मेद्वार घोषणा गरिसकेका डा कोईरालाले काँग्रेसलाई गति दिन बिचारको राजनीतिलाई बलियो बनाउन ढिला गर्न नहुने बताए ।





