१ असार, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माँले काँग्रेसको वडा र गाउँको अधिवेशन कोरोनाका कारण भौतिक रुपमा नसकिएपनि अन्य प्रबिधिबाट गर्न सकिने बताएका छन् । जुम बैठकमा बोल्दै सूचना तथा संचार प्रसार प्रमुखसमेत रहेका नेता शर्माले जुम बैठकबाट उम्मेद्वारी दर्ता, फिर्तालगायतका कार्यबाट अधिवेशन गर्न सकिने बताएका छन् ।
नेता शर्माले अझैपनि भौतिक रुपमा नै १४ औं माहाधिवेशन गर्न सकिने अवस्था भएको भन्दै काँग्रेसको केन्द्रीय समितिले प्रबिधिबाट अधिवेशन गर्नेभन्ने निर्णय भएमा सूचना तथा सञ्चार बिभाग सधैं तयार रहेको बताए । उनी झापाको एक कार्यक्रममा जाँदाजाँदै भएको जुम बैठकमा बोल्दै काँग्रेस कुनैपनि हालतमा १४ औं महाधिवेशन हुनुपर्ने अवस्थामा रहेका कारण प्रबिधिबाट भएपनि माहाधिवेशन गर्ने बताए ।
पछिल्लो समयमा नेपाली काँग्रेसले भदौ १६ गते गर्ने भनिएको महाधिवेशन जसरी पनि गर्नुपर्ने भन्ने बहस तीब्र गतिमा भईरहेका बेला काँग्रेस केन्द्रीय सदस्य एबम् निबर्तमान साँसद डा डिला संग्रौलाले पनि जुम माद्यमबमट बैठकहरु गरिरहेकी छन् ।





