३ असार, काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री एबम् नेपाली कांग्रेस कोभिड–१९ केन्द्रीय अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोकथाम र राहतका लागि सक्रिय हुन आह्वान गरे बमोजिम देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका नेपाली कांग्रेसका संरचनाहरु, कोभिड–१९ अनुगमन जिल्ला समितिहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाहरु क्रियाशील रहेको बताएका छन् ।
सहमहामन्त्री डा महतले बिज्ञप्ती प्काशित गर्दै महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनीटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरुलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएको बताएका छन् ।
उनले कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहत कार्यमा नेपाली कांग्रेसका विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु पनि त्यतिकै सक्रिय रहेको जानकरी दिँदै पूण्य काममा लाग्ने सबैलाई धन्यबाद दिएका छन् ।
डा महतले नेपाली कांग्रेसका सभापतिको अनुरोधमा नेपाली कांग्रेस केन्द्रलाई कोभिड–१९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामाग्री खरीद गरीे विरामीहरुको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको जनाउँदै अहिलेसम्म आएको आर्थिक सहयोगबाट १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना विरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटर अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरुमा वितरण गरिएको र अन्य आवश्यक स्थानमा बितरण गर्ने क्रम जारी गरेको बताएका छन् ।
बिज्ञप्तीमा डा महतले भनेका छन्, ‘नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोकथाम र राहतका लागि सक्रिय हुन आह्वान गरे बमोजिम देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका नेपाली कांग्रेसका संरचनाहरु, कोभिड–१९ अनुगमन जिल्ला समितिहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाहरु क्रियाशील छन् । महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनीटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरुलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएका छन् । आगामी दिनमा पनि निरन्तर क्रियाशीलताको अपेक्षा राख्दै सहयोगका लागि सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहत कार्यमा नेपाली कांग्रेसका विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु पनि त्यतिकै सक्रिय छन् । नेपाली जनसम्पर्क समितिहरुले विभिन्न समयमा नेपालका विभिन्न जिल्लाहरुमा यस्तो सहयोग गर्दै आएका छन् । यसैबीच नेपाली कांग्रेसका सभापतिको अनुरोधमा नेपाली कांग्रेस केन्द्रलाई कोभिड–१९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामाग्री खरीद गरीे विरामीहरुको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी छ । अहिलेसम्म आएको आर्थिक सहयोगबाट १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना विरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटर अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरुमा वितरण गर्ने क्रम जारी छ । यो सहयोगका लागि सम्पूर्ण नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेस तथा कोभिड–१९ केन्द्रीय अनुगमन समिति धन्यवाद दिन चाहन्छ । थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आउने दिनहरुमा आवश्यक ठाउँहरुमा सहयोग गर्दै जाने पनि सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौं ।’






