५ असार, काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई सभापति जिताउनेगरी लाग्न आफु निकट केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । उनले आफ्नै निवास बुढानिलकण्डमा बोलाएर आफुन पुनः १४ औं माहाधिवेशनमा सभापतिमा लड्ने निर्णयमा रहेको हुँँदा जसरी पनि सभापति जित्नुपर्ने हुन्छ भन्दै त्यसका लागि लाग्न आग्रह गरेको बताईएको छ ।
भदौ १६ गतेदेखी १९ गतेसम्म काठमाडौंमा केन्द्रीय अधिवेशनको मिति तय गर्दै अन्तिम कार्यतालीकासमेत सार्बजनिक गरेपछि सभापतिका लागि नेताहरु लागिरहेका बेला सभापति देउवाले आफूलाई जिताउन अहिल्यैदेखी पहल गर्न निर्देशनात्मक आग्रह गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, डा डिला संग्रौला, मीन बिश्वकर्मा, सीतगुरुगं, सुनिल थापा, सूजाता परियारलगायतका आफूनिकट केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै अधिवेशनमा आफूले कुनैहालतमा सभापतिमा बिजय हुनुपर्ने बताएका थिए ।
प्रदेश नम्बर १ का केन्द्रीय सदस्यहरुलाई भेटेका देउवाले बिबस्तारै सातै प्रदेश र बिभिन्न नेताहरुसँग छलफल गर्ने देउवा निकट एक नेताले सुर्यखबरलाई बताए । काँग्रेसमा सभापति देउवा पछि बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा शसाँक कोईराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, डा शेखर कोईरालालगायतका नेताहरु सभापतिमा निर्बाचन लड्ने घोषणा गर्दै अगाडी बढीरहेका बेला सभापति देउवा आफैं उठ्ने बताए ।





